About this course
जव हामीले शेयर बजारको बारेमा केही बुझ्न थाल्छौँ झन धेरै जिज्ञासा जाग्दै जान्छ । जति धेरै जिज्ञासा जाग्दै जान्छ त्यती धेरै सिक्ने कुरा हुन्छ । त्यसैले त शेयर बजार बडो मजाको ठाउँ हो यस्ता चिजहरूका लागी । अब तपाइँलाई लाग्छ कि दोश्रो बजारमा जाने बेला भयो सुरु गर्छु जस्तो लाग्छ भने पक्का पनि यो पूरा कोर्ष तपाईँको लागी हो । जहाँ तपाईँले सिक्नुहुनेछ घरमै बसी बसी अनलाईनको माध्यमबाट शेयरको कारोबार गर्न ।
हामीले यो भन्दा पहिले को कोर्ष Personal Financial management & Basics of share market Investment मा पैसा कमाउने, बचत गर्ने र त्यसलाई लगानी गर्ने भन्ने बिषयमा सिक्यौँ भने बिषेश गरेर लगानीको पाटोमा हेर्दा खेरी हामीले शेयरमा साधारण थोरै पैसामा भर्न मिल्ने तर पर्यो भने भाग्य चिठ्ठा नै जस्तो IPO को बारेमा अलिक डिटेलमा कुरा गर्यौँ ।
तर आझभोली IPO भर्ने मान्छे धेरै बढेका छन् जसको कारणले पर्ने सम्भावना निकै घटेको छ । अर्को तिर हामीलाई परीहालेको शेयर पनि बेच्नको लागी सेकेन्डरी बजारमा जानै पर्ने हुन्छ । ब्रोकरको खाता खोल्नै पर्ने हुन्छ यस्तो अवस्थामा पनि र साधारण तया हामीले कहिले काहीँ निकै सस्तो दरमा राम्रा कम्पनिका शेयरहरू पनि पाईरहेका हुन्छौँ यस्तो अवस्था मा यि दुवै अबस्थामा दोश्रो बजार नभै नहुने भएकाले पानि हामीले यो कोर्षको निर्माण गरेका छौँ भने यो कोर्षले तपाईँलाई ट्रेडर बन्न पनि सहयोग पुग्न सक्छ ।
यो कोर्षले लिएपछि तपाईले यि प्रश्नबारे स्पष्ट हुनुहुनेछ ।
- दोश्रो शेयर बजारमा कसरी प्रवेश गर्ने ?
- Connect IPS मा खाता कसरी खोल्ने, कसरी प्रयोग गर्ने, अनलाईन कसरी पैसा तिर्ने ?अनलाईन बाट शेयर किन बेच गर्ने ?
- शेयर बजारमा प्रयोग हुने शब्दावलीहरु
- राम्रो स्टक(कम्पनी) कसरी छनौट गर्ने
तर सिक्न सुरु गर्नु भन्दा पहिले एउटा सामान्य शर्त के छ भने यो कोर्ष सिके पछी आफ्नो ब्याभारमा उतार्नु पर्छ । कोर्ष हामीले नेपाल तथा बिदेशमा बस्ने नेपाली साथीहरूका लागी तयार पारेका हौँ ।
Comments (3)
vedio open nai vayana tw sir 🤔🤔
दाइ मेरोमा भिडियो खुलेको छ तर चलेको छैनँ तपाईंको फोटो मा गोलो घुमिरहन्छ नेटवर्क राम्रो चलेको छ तर भिडियो चलेको छैन?
This video will provide an introduction to the course, outlining the topics that will be covered and the expectations for what you can gain from taking it.
REPLACE THE VIDEO LINK
यो भिडियोमा हामीले कम्पनीको शेयर मुल्यलाई घटाउने र बढाउने कुराहरु के के हुन भनेर शेयर गरेको छौ ।
यो भिडियोमा राम्रो ब्रोकर कसरी छान्ने भनेर शेयर गरेको छौ
सेकेन्डरी को लागि ब्रोकरकोमा अकाउन्ट खोले पछि तपाईलाई मेल आएन वा पासवर्ड बिर्सनुभयो भने कसरी रिसेट गर्न सकिन्छ भनेर यो भिडियोमा सिक्न सक्नुहुनेछ ।
कोल्याड्रल भनेको के हो, कसरी जम्मा गर्ने लगायतका कुरा यो भिडियोमा सिक्न सक्नुहुनेछ ।
यो भिडियोमा हामीले शेयर दोस्रो बजारमा कसरी किन्ने भनेर सिक्छौ
यो भिडियोमा हामीले शेयर कसरी बेच्ने भनेर शेयर गर्छौ ।
यो भिडियोमा हामीले शेयर बेचिसकेपछि कसरी WACC गर्ने, Holding Days कसरी Calculate गर्ने लगायत कसरी शेयर Transfer गर्ने भनेर समेत शेयर गरेको छौ ।
Fund Management in NEPSE,Fund Transfer
यो भिडियोमा NCHL ले बनाएको Connect IPS को बारेमा कुरा गरेको छौ ।
यो भिडियोमा मैले नेपालको शेयर मार्केटको नियमक निकाय सेबन को बारेमा कुरा गरेको छौ ।
यो भिडियोमा हामीले शेयर मार्केटसगँ जोडिएको अर्को महत्वपुर्ण संस्था CDS and Clearing Ltd. को बारेमा कुरा गर्नेछौ ।
यो भिडियोमा हामीले बिक्री प्रबन्धक को बारेमा शेयर गरेको छौ ।
यो भिडियोमा हामीले Stock Broker अर्थात धितोपत्र दलालको बारेको शेयर गरेको छौ । हामीले दोस्रो बजारमा शेयर किनबेच गर्दा नभइ नहुने संस्था मध्येको एक ब्रोकर पनि हो ।
यो भिडियोमा हामीले DP भनेर पनि चिनिने संस्था Depository Participant को बारेमा कुरा गर्छौ । यो संस्थाले नै हाम्रो शेयरहरु जम्मा भएर बस्ने DMAT खाता खोल्छ ।
यो भिडियोमा हामीले नेप्से परिचय, इतिहास र विकासक्रमको बारेमा शेयर गरेको छौ ।
यो भिडियोमा हामीले नेप्सेको काम र भुमिकाको बारेमा शेयर गरेको छौ ।
यो भिडियोमा हामीले नेप्से को सूचक परिसूचकको बारेमा शेयर गरेको छौ ।
यो भिडियोमा नेप्सेको वेबसाईट हेर्छौ सिक्छौ ।
यो भिडियोमा हामीले शेयर मार्केटमा प्रवेश गर्नु पूर्व के के कुरामा ध्यान दिने भनेर १२ वटा तथ्यहरु शेयर गरेको छौ ।
यो भिडियोमा हामीले नेपालको शेयर मार्केटमा लगानी गर्नुका फाइदाहरुको बारेमा जानकारी शेयर गरेको छौ ।
यो भिडियोमा हामीले नेपालको शेयर मार्केटले कसरी काम गर्छ भनेर सम्पूर्ण जानकारीहरु शेयर गरेको छौ ।
लगानी गर्दै हुनुहुन्छ ?
हुनुहुन्छ भने कति लगानी कति समयको लागि गर्दै हुनुहुन्छ भनेर योजना बनाउनु भएको छ ?
यो भिडियोमा हामीले लगानी कति प्रकारका हुन्छन र हामीले शेयर बजारमा कारोबार गरिरहदा आफु कुन खालको लगानीकर्ता हो भनेर बुझ्नुपर्छ भनेर समेत तपाईको ध्यानआकर्षण गर्छौ ।
यो भिडियोमा हामीले प्राथमिक शेयर बजार Primary Share Market को बारेमा जानकारी लिन्छौ ।
यो भिडियोमा हामीले दोस्रो शेयर बजारको बारेमा सिक्नेछौ ।
यो भिडियोमा हामीले नेपालको प्रथम शेयर बजार र दोस्रो शेयर बजारको बारेमा चर्चा गर्दै दुवैको भिन्नताको बारेमा छलफल गर्नेछौ ।
यो भिडियोमा हामीले शेयर, कम्पनी र शेयर बजारको बारेमा केहि कुराहरु शेयर गरेको छौ । this is updated test
यो भिडियोमा हामीले शेयरका प्रकारको बारेमा शेयर गर्छौ ।
यो भिडियोमा हामीले शेयर बजारमा प्रवेश गर्न के के कुराहरु आवश्यक पर्छ भनेर शेयर गर्छौ ।
Vedio opene hudaina sir what happened?